०३ चैत्र
राजधानी । पुस ५ गते ससद बिघटन गर्ने निर्णय गरेर आफ्ना गुठका सहयात्रीबाट राजनेताको पगरी गुथे प्रधानमन्त्री के पि शर्मा ओलिले । चौतर्फी बिरोध हुँदा र सर्बोच्च अदालतबाटै उनको कदमलाई असबैधानिक ठहर गरि सरकारको निर्णय खारेज गर्दा पनि उनका वरिपरि घेरावार लागेका पृयजनहरुले ओलिलाई नै बहादुर नेता भन्दै पुकारी रहे । उता ओलिले एकपछी अर्को झटारो हान्दै गए । ससद बिघटनको निर्णय पछि पार्टीभित्रै निकै कमजोर बनेका ओलि अदालतको निर्णयबाट झनै तल खस्नु पर्यो । त्यस लगत्तै फाल्गुन २३ मा नेकपा नाम सम्बन्धि बिबादमा सर्बोच्चले पार्टीको एकता नै विघटन भएको फैसला गरेपछी ओलिमा केही खुशियाली छाएको थियो । तर हिजो नेकपा हुँदा आफ्नो विरोधी खेमामा रहेका एमालेकै नेताहरुलाई ओलि र उनका कट्टर समर्थकहरुले अपमान गर्न थालेपछी नेकपा एमालेमा झनै ठूलो टकराब सुरु भयो ।
एकातिर आफू अल्पमतमा पर्दा र असबैधानिक रुपमा ससद विघटन गर्दा पनि आफुलाई दरिलो साथ दिएका पूर्वमाओबादी नेताहरुलाई फकाएर आफ्नै कित्तामा राख्ने र अलिकती भएपनी प्रचण्डलाई गलाउने रणनीति थियो भने अर्कोतिर पार्टी पुरानै अवस्थामा पुगेपछी आफ्नै हाराहारीमा रहेको पार्टी भित्रकै बिरोधी खेमालाई सङ्गसङ्गै हिडाल्नु पर्ने चुनौती ओलिसङ्ग थियो ।
सुरुमा कुनै रणनीति नफेरी आफुलाई अप्ठ्यारोमा साथ दिएको गुनमा ओलिले फाल्गुन २८ गते बालुवाटारमा आफू निकट केन्द्रिय सदस्यहरुलाई बोलाएर माओवादी पार्टिबाट आफुसङ्ग बसेका २३ जनालाई केन्द्रिय कमिटिमा थप गर्ने निर्णय गरे साथै आफुसङ्गै नवौ महाधिवेशनमा निर्वाचित भएका एमाले पदाधिकारीहरुलाई पदमुक्त गरिदिए यधपी उनको अति बिश्वासपात्र मानिने महासचिव ईस्वर पोखरेलाई यथावतनै राखे । ओलिले त्यतिमात्र गरेनन प्रदेशहरुमा पनि माधब पक्षका जिम्मेवारीमा रहेका सबैलाई हटाएर आफ्नो समुहका नेतालाई जिम्मेवारी सुम्पे । सुदुरपश्चिम प्रदेशमा भिम रावललाई हटाएर माओवादीबाट आफुसङ्ग बसेका लेखराज भट्टलाई ईन्चार्ज बनाए त्यस्तै बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादलाई नियुक्त गरे, उनिपनी माओवादीबाट ओलिसङ्ग बसेका नेता हुन । बामदेवको सङ्गठन बिभाग आफ्ना बिस्वस्निय पात्र बिष्णु पौडेललाई दिए त्यस्तै प्रबक्ता योगेश भट्टराईलाई पाखा सारेर प्रदिप ज्ञवालीलाई दिए, बिदेश बिभागमा माधब नेपाललाई पदमुक्त गरेर आफ्नै गुठको राजन भट्टराईलाई नियुक्त गरे । आफुलाई निकै चतुर र साहसी खेलाडी सम्झिने प्रधानमन्त्री ओलिलाई यो निर्णय अल्लि भारी पर्न जाने देखिन्छ । उनलाई अहिले त्यही निर्णय निल्नु न थुक्नु जस्तै बन्यो ।
सर्बोच्चले नेकपालाई पुरानै अबस्थामा फर्काएपछी एमालेलाई नै एकताबद्ध बनाउनु पर्छ भनेर पेरिसडाडाबाट फर्किएका माधब समुहका नेताहरु ओलिको एकलौटी बैठकले आफुहरुलाई पदमुक्त गरेको खबरले फेरि झस्किए । माधब समुहको अर्याल होटलमा स्थाई समितिको बैठक बसेर ओलि प्रबृतिको सशक्त बिरोध गर्ने निर्णय गरे साथै चार पेज लामो लिखित बक्तब्यनै जारी गरे, चैत्र ४ र ५ गते राष्ट्रिय भेला गर्ने निर्णय गरे, सातै प्रदेशमा नेताहरुको जिम्मेवारी पनि तोके । यो परि घटनापछी ओलि झसङ्ग भएछन अनि १ घण्टा लामो राष्ट्रपति सङ्गको भेटघाट पछि माधब समुहलाई बार्ताको प्रस्ताव राखे । बालुवाटार आउन आग्रह गरेपनी माधब समुहले पार्टी कार्यालयमै बस्ने भनेपछी बाध्य भएर ओलि नेकपा एमालेको मुख्यालय धुम्बाराइ पुगे । सुरुमा कुरा नरम भएपनी, वातावरण सामान्य रहेपनी बिस्तारै माहोल बिभेदमै परिणत भयो ।
माधब समुहले फाल्गुन २८ गतेको निर्णय बदर गर्नुपर्ने अडान लियो तर ओलि त्यसमा ब्याक हुन सक्ने अबश्या रहेन । ओलि पछाडी फर्किउन पनि कसरी उता माओवादीबाट आफुलाई थेगिरहेका भरोसा दिईरहेका २३ जनालाई केन्द्रिय कमिटिमा नियुक्ति गरिसकेका छन । बादल र लेखराजलाई प्रदेश ईन्जार्ज बनाई सकेका छन । यता फिक्स गरेर उनिहरुले सासद पद समेत त्यागेर ओलिसङ्गै बस्ने निर्णय गरिसकेका छन ।
भुईको टिप्दा खल्ती खस्ने स्थिती अहिले ओलिलाई बनिरहेको छ । यता माधब समूह ओलिको २८ गतेको निर्णय बदर नगरे बरु पार्टी नै बिभाजन गर्ने, समानान्तर कमिटी बनाउने ओलिका सबै कार्यक्रम बहिस्कार गर्ने चियापान देखि केन्द्रिय कमिटी बैठक भन्ने निर्णय गरेर लिखित बक्तब्य सार्बजनिक गरिसकेको छ । साथै नेकपा हुँदा उपाध्यक्षको जिम्मेवारीमा रहेका बामदेव गौतम समुहले पनि ओलिलाई जिम्मेवार हुन र गुठगत गतिविधि रोक्न भन्दै ओलिकै कारण कम्युनिस्ट आन्दोलन समाप्ती तिर गएको हुनाले उनलाई सच्चिन लिखित रुपमा आह्वान गर्यो । उता २८ गतेको निर्णयलाई बदर गरि ब्याक हुँदा ती २३ भाईको बिचल्ली हुने, उनिहरु घर न घाटको हुने । यस्तो अबश्यामा प्रधानमन्त्री ओलि यतिबेला आफ्नै निर्णयमा फासेका छन । न त अघि जान मिल्ले ठाउँ छ न त पछाडी फर्किन । उनले सरकार जोगाउन कोसिस नगरेका पनि होईन तर अबश्या उनको प्रतिकुल बनिसक्यो । जसपालाई फकाएर सिङ्गो या फुटाएरै भएपनी सरकारमा बहुमत पुर्याउने र आफू टिक्ने निकै ठूलो प्रयास सफल हुन सकेन । उनले महन्त ठकुरलाई प्रधानमन्त्री नै बनाउछु समेत भन्न पुगे तर सफलता प्राप्त गर्न सकेनन । काग्रेसबाट आशा गरेका ओलिले त्यहाबाट पनि साथ पाउन सकेनन । आफ्नै पार्टीको बहुमत हाराहारीको टिमबाटै बिस्वास गुमाएपछी र कुनै बिकल्पबाट नि सफलता पाउने अबश्था नदेखेपछी सोमबारको माधब समुहसङ्गको बार्ता पनि सफल हुन नसकेपछि ओलिले पुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर आफुले भेटन चाहेको र केही कुरा गर्नुपर्ने भएको भन्दै सम्बादको थालनी गरेका छन ।




