०४ चैत्र
गुल्मी । गुल्मी जिल्लाको ईस्मा गाउँपालिकाले उद्यमीहरुलाई शुन्य ब्याजदरमा अनुदान दिने भएको छ । गाउँपालिकाको उद्यम विकास कोष सन्चालन निर्देशिका २०७७ बमोजिम उद्यमी गर्न चाहानेहरुले १५ दिन भित्रै आफ्नो वडा कार्यालय वा पालिकको कार्यालयमा सम्पर्क गर्न प्रस्ताव आह्वान गरिएको छ ।
गाउँपालिकाले स्थापना गरेको उद्यम विकास कोष सन्चालन गर्न बित्तीय सेवा प्रदायक सस्था गुल्मीको रेसुङ्गा नगरपालिकामा रहेको उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड छ्नोट भैसकेको हुँदा सस्थाले पालिकाको निर्देशिकाको सर्तमा रहि उद्यमीसङ्ग सम्झौता गरि शून्य ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।
गाउँपालिकाले कृषि तथा पशुपालन, बन जडिबुटी, बिज्ञान प्रबिधि, सन्चार माध्यम, पर्यटन प्रबर्द्धन, होटल होमस्ट्रे रिसोर्ट, हस्तकला चित्रकला मूर्तिकला लगायतका क्षेत्रमा ब्यावसाय गर्नुपर्ने उल्लेख गरेको छ ।
ब्यवसायका लागि एउटा वडाबाट दुईजना महिला सहित बढिमा पाँच जना उद्यमीले अनुदान पाउने सुचनामा बताइएको छ । यस्तो अनुदान ४० वर्षसम्मका नेपाली नागरिकले पाउने तर स्वदेश वा बिदेशमा रोजगारी गुमाएर फर्किएका भएमा ५५ वर्षसम्मका उद्यमीहरुले पनि अनुदान पाउने छन । प्रस्तावना स्वीकृत भै छनोटमा परेका उद्यमीहरुले ५० हजार देखि २ लाख सम्म अनुदान पाउने छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs