०९ चैत्र
गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिकामा चक्रेश्ववर स्मार्ट कृषि कार्यक्रमको उदघाटन भएको छ ।
गाउँपालिकाको वडा न.६ हरेवामा शनिबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक समारोहका बिच कार्यक्रमको उदघाटन गरेका हुन । स्मार्ट कृषि कार्यक्रमको कार्यालय स्थापना गर्नुका साथै कृषि सामाग्री र बाख्रा प्रजननका लागि उन्नत जातका ब्याडे बोका कृषकहरुलाई बितरण गरिएको थियो ।
कार्यक्रममा मन्त्री बरालले कृषीलाई आधुनिकिरण गर्नुपर्ने र कृषकहरुलाई राष्ट्रले सम्मान र प्रोत्साहित गर्नुपर्ने बताएका थिए । साथै आधुनिक प्रबिधीमैत्री कृषि कार्यक्रम कृषकहरुको घरबारिमै पुर्याई उत्पादनसङ्ग जोडिनु पर्ने बारे मन्त्री बरालले जोड दिए । प्रदेश सरकारबाट आफुले कृषकहरुको विकास र सपोर्टको लागि कार्यक्रम र बजेट ल्याउन सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्रका) नेता युवराज के सि, कृषि ज्ञान केन्द्र गुल्मीका स्मार्ट कृषि कार्यक्रम फोकल ब्याक्ती हरि आचार्य लगायतको उपस्थिती रहेको थियो । वडा न. ६ का वडा अध्यक्ष गोकर्णराज शर्माको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन बिनु कार्कीले गरेकी थिइन ।
झरना क्लबको भवन शिलान्यास
आईतवार गृह नगर पुगेका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले चन्द्रकोट गाउँपालिका हरेवामा झरना युवा क्लबको सामुदायिक भवनको शिलन्यास गरेका छन ।
प्रदेश सरकारबाट आ. व. २०७७/०७८ मा बिनियोजित १० लाख गाउँपलिकाबाट ३ लाख र जनभागितामा २ लाख ९० हजार लागतमा भवन निर्माण सम्पन्न हुने सस्थाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय