०९ चैत्र
गुल्मी । केहिदिनको कार्यक्रम बनाएर गृहजिल्ला गुल्मी पुगेका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल कक्षाकोठामा विद्यार्थीसङ्गै देखिएका छन ।
मन्त्रीलाई आफुहरुसङ्गै कक्षाकोठामा देख्दा विद्यार्थीहरु दङ्ग परेका छन । मन्त्री पनि हामी साना विद्यार्थीसङ्ग! निकै उत्साहित हुँदै भिमा प्रा बि दिब्रुङ्ग दहमा पढ्दै गरेका बालाबालिकाहरु उत्साहित भएका छन । विभिन्न ठाउका स्वास्थ्य सस्था र बिधालयहरुको अनुगमनमा निस्किएका मन्त्री बराल बिधालयका कक्षाकोठामै पुगेर बालबालिका सङ्ग बेन्चमै बसेर केहिबेर कक्षा अबलोकन गरेका छन ।
हामी निकै उत्साहित भएका छौ, मन्त्री ज्यू यसरी हाम्रा बालबालिकासङ्ग बसेर सबैलाई प्रेरणा दिनु भो, अभिभावकहरुको प्रतिक्रिया थियो ।
आईतवार उनी चन्द्रकोट गाउँपालिकाको वडा न. १ मा रहेको शारदा मा वि मा पनि पुगेका थिए । को नयाँ मान्छे, ए नयाँ सर आउनु भएछ … गुड मर्निङ्ग सर .. भन्दै विद्यार्थीहरुले अभिबादन गरे, विद्यार्थीहरु खासखुस गर्दै थिए, एकैछिन पछि मन्त्री बरालले आफ्नो परिचय आफै दिएर सबै बिद्यार्थीहरुलाई आ-आफ्नो सिटमा बस्न सकेत गरे । विद्यार्थीहरु उत्साहित हुँदै अगाडि सरले पढाएको सुनिरहे मन्त्री बराल पनि विद्यार्थीको बेन्चमै छेउमा बसेर नियालिरहेका थिए । केही समय बसेर शिक्षक र विद्यार्थीलाई शिक्षा र अध्ययनको बारेमा केही कुरा राख्दै कक्षाकोठाबाट बिदा भै स्कुलको शैक्षिक भौतिक र वातावरणिय पक्षको अनुगमन गरेर स्वास्थ्य चौकी अनुगमनको लागि त्यहाँबाट निस्किएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs