१२ चैत्र
माधब ज्ञवाली । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मुल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो । रासायनिक मल सहकारीमार्फत वितरण हुँदै आएको छ । गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाहरूमार्फत कृषकहरुलाई एउटै मूल्यमा सहज र व्यवस्थित तरीकाले मल वितरण गर्नका लागि अधिकतम मूल्य निर्धारण गरिएको गाउँपालिकाका कृृषि अधिकृृत प्रभात गौतमले बताउनुभयो ।
९ गते बसेको गाँउपालिका र रासायनिक मल विक्रि वितरणको कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालक एवं प्रतिनिधि सहितको बैठकले भौगोलिक आधारमा उपभोक्ताहरूलाई विक्रि गर्ने मूल्य निर्धारण गरेको हो ।
पालिकाले युरिया मल किलोको साढे उन्नाइस ,डि.ए.पि मल किलोको साढे अठचालीस र पोटास किलोको साढे पैंतीस कायम गरेको हो।गाउँपालिकाले मूल्य निर्धारण गरेपछि भने कृषकहरुले चर्को मूल्यमा मल विउ खरिद गर्ने बाध्यता भने हट्ने गाउँपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय