१३ चैत्र
राजधानी । ओली विरुद्ध थप रणनीति तय गर्न नेकपा एमालेका माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

कलंकीस्थित मेगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेता नेपाल र रावलले बिहीबार जवाफ पठाएका छन् । दुई नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले अहिलेसम्म जवाफ पठाएका छैनन् ।

केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । दलका नेता केपी ओलीले शुक्रबार ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने सहभागी हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय