१३ चैत्र
राजधानी । नेपाली काँग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । शुक्रबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो । उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः २४ बजे जोशीको निधन भएको जानकारी दिए । फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।
सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । उपचारकै क्रममा शुक्रबार अस्पतालमै निधन भएको हो ।
को हुन नेता जोशी
बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका थिए । जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।