१४ चैत्र
गुल्मी । चैत्र २५ गते पत्रकारहरुको छाता सगठन नेपाल पत्रकार महासघको देशैभरी निर्बाचन हुँदैछ । केन्द्र प्रदेश र जिल्लाको लागि हुने निर्बाचनको तयारी चलिरहेको छ ।
निर्बाचनको मिति नजिकिदै जादा गुल्मीमा पनि पछिल्लो केहिदिन यता पत्रकारहरुको दौडधुप र लबिङ्ग निकै बढिरहेको छ ।
नेकपा बिभाजन र एमालेमा समेत केन्द्रदेखिनै समानान्तर कमिटीको अभ्यास चलेपछी त्यसको प्रभाब यतिखेर पत्रकारमा समेत प्रत्यक्ष रुपमा परेको छ । जिल्लामा ठूलो सगठनको रुपमा रहेको प्रेस चौतारी ओलि माधब समुहमा बिभाजित भएपछी नेतृत्वको लागि थप प्रतिस्पर्धा बढने देखिएको छ । नेकपा बिभाजन नहुदैको प्रचण्ड माधब समूह पत्रकारको चुनाबको लागि एउटै प्यानल बन्ने र साझा नेतृत्व घोषणा गर्ने संभावना नजिक रहेको उक्त समुहका नेताहरुले दाबी गरेका छन । यद्यपि सकेसम्म सबैको सहमतिमा निर्बाचन सम्पन्न गर्ने पत्रकारका सबै सगठन र सम्बद्ध पार्टीका नेताहरुले बताएका छन ।
पत्रकार महासघ गुल्मीका अध्यक्ष नवराज भुषाल लगातार दुईपटक सम्म नेतृत्व गरिसकेको हुनाले बिधान अनुसार उनी यसपटक उमेदवार बन्न पाउने छैनन । त्यसैले उनले साझा उमेदवारको रुपमा उपाध्यक्ष अनिल खत्रीलाई नेतृत्वका लागि अघि सारेको जानकारहरुको भनाई छ । खत्री नेकपाको चरम बिबादको बेला ओलि समुहको पत्रकारको जिल्ला सगठनमा सह-सयोजक भएका हुन । नेकपाको एकताकै बेला पत्रकारको सयोजकको जिम्मेवारी पाएका ज्ञान बहादुर महताराले पनि यसपटक अध्यक्षको दाबी गरेका छन । एउटै समुहबाट दुईजनाले दाबी गरेको हुँदा खत्री र महतरा दुबैजनाको लागी स्थिती भने चुनौतीपूर्ण देखिन्छ । महतरा महासघको पूर्व सह-सचिब हुन । प्रेस चौतारीकै माधब समुहबाट महासघका सचिब टोपलाल अर्याललाई सकेसम्म साझा नभए प्रेस सेन्टरको समर्थनमा अध्यक्षको उमेदवार बनाउने सम्बद्ध नेताहरुको तयारी चलेको बताईएको छ । तर प्रेस सेन्टरबाट महासघका सह-सचिब घनश्याम खरेलले आफू यसपटकको अध्यक्षको उमेदवार भएको बताएका छन । उनी तत्कालीन नेकपाका पत्रकार सगठनका फ्याक्सन सह-ईन्चार्ज थिए । खरेलले सकेसम्म सहमती बनाई साझा उमेदवार हुने र त्यसो हुन नसकेमा आफ्नो सगठन र सम्बद्ध पार्टीसङ्ग सल्लाह गरेर अध्यक्षको उम्मेद्बारी दिने बताएका छन । प्रेस सेन्टरबाट खरेललाई नेतृत्वमा पठाउन कुनै समस्या नरहेको उनी निकट नेता तथा पत्रकारहरुले प्रष्ट पारिसकेका छन ।
लगातार तीन पटकसम्म नेतृत्व गरिसकेको र यसपटक पनि आपसी द्वन्द नभए कम्युनिस्ट निकट पत्रकारबाट नेतृत्व बाहिर नजाने अनुमान गरेर बसेको छ प्रेस युनियन ।
सहमती भए साझा नेतृत्वका लागि महासघका पूर्व अध्यक्ष जनार्दन घिमिरेलाई उमेदवार बनाउने प्रेस युनियन र नेपाली काग्रेस निकट नेताहरुले बताएका छन । घिमिरे आफुपनि यसपटक सकेसम्म नेतृत्व लिन लागि परेको जानकारहरु बताउछन ।
अध्यक्ष बाहेकका पदमा पनि यसपटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । पत्रकारहरु आ-आफ्नो अनुकुल सगठन समूह मार्फत र एक्लाएक्लै पनि आफ्नो पक्षमा माहोल बनाउन जोडतोडका साथ लागिरहेका छन । केही पत्रकारहरुले सामाजिक सन्जाल मार्फत उमेदवार घोषणा समेत गरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर