१६ चैत्र
राजधानी । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
केन्द्र सरकारको विद्यालय बन्द गर्ने निर्णय आबश्यक नरहेको र आफ्नो क्षेत्रमा कुनै असर नदेखिएको भन्दै स्थानिय तहहरुले बिद्यालय बन्द नगर्न आफू मातहतमा निर्देशन जारि गरेका छ्न । सोमबार साझसम्म दर्जन बढी स्थानिय तहहरुले आफुहरुले बिद्यालय बन्द नगर्ने बताइसकेका छन ।
इलामको माइजोगमाई गाउँपालिका, बिराटनगर महानगरपालिका,ईलामकै इलाम नगरपालिका,रोङ गाउँपालिका,तनहुको भिमाद गाउँपालिका,सल्यानको दार्मा गाउँपालिका, लगायतले विद्यालय बन्द नगर्न निर्देशन जारी गरेका छन । त्यस्तै धेरैजसो सस्थागत विद्यालयहरुले पनि विद्यालय बन्द नहुने भनी विद्यार्थीहरुलाई सुचना गरेका छन ।
अबस्थानै प्रतिकुल हो भने राजधानीमा होला तर देशैभरी शिक्षण सस्था बन्द गर्न आबश्यक नरहेको भन्दै सामाजिक सन्जाल मार्फत देशैभरिबाट सरकारको निर्णयको आलोचना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय