१७ चैत्र
गुल्मी । सकेसम्म जिल्ला सदरमुकाम बस्न मन पराउदैनन, जनताका घर बस्तिमापुग्दा निकै आनन्द आउने बताउछन उनि । हामी जनताको काम गर्नको लागि निर्बाचित भएका हौ,हाम्रो मुख्य प्राथमिकता उनिहरुकै सेवा हो । सदरमुकाम बसेर ग्रामीण बस्तिका नागरिकको दु:ख, पिरमर्का र समस्या बुझ्न सकिँदैन त्यसैले म धेरै समय जिल्लाका विभिन्न बस्तिहरुमा पुनेगर्छु । कतिपय निकै दुर्गम गाउँ बस्तिहरुमा त पैदलनै हिडेर पनि जाने रुचि लाग्छ तर पछिल्लो समय बिरामी परेको हुनाले केही गारो भाको छ…। यो गुल्मी जिल्लाका जिल्ला समन्वय समिती प्रमुख लक्ष्मण पराजुलिको कुरा हो ।
हुन पनि पराजुलीको बिषेशता यस्तै छ । जिल्ला सदरमुकाममा हुने काम बाहेक उनी कार्यलयमा समय बिताउदैनन । पराजुली धेरैजसो जनताका बस्तिहरुमै जान रुचि राख्छ्न । जिल्लामा विभिन्न आयोजनाहरुको अनुगमन कार्यमा निकै खटेको देखिन्छ ।
मगलबार पराजुली सहितको टोलि जिल्लाको कालीगण्डकी गाउँपालिकामा पुगेको छ । समन्वय प्रमुख पराजुलीको संयाेजकत्वमा मुख्यमन्त्री ग्रामिण विकास तथा राेजगार कार्यक्रम अन्तरगत कालिगण्डकी गाउँपालिकामा संचालित विभिन्न आयाेजनाहरू साथै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण जिल्ला आयाेजना कार्यान्वयन ईकाइ (शिक्षा) मार्फत निर्माणधिन विभिन्न विद्यालयका भवनहरु, खानेपानी योजनाहरु, मोटरबाटो, सिचाइ कुलो लागायतका योजनाहरुको अनुगमन गरेका छन । साथै कृषकहरुका घर घरमा समेत पुगेका थिए । कृषकहरुका खेतबारीमै गएर खेतिबालीको र भकारोमा पुगेर गाईभैसिको प्रत्यक्ष रुपमा अनुगमन गरेका छन । प्रमुख सहितको टोलिले यसरी घरघरमै पुगेर आफुहरुसङ्गै भलाकुसारी गरेकोमा त्यहाका कृषकहरु खुशी भएका छन । उत्साहित हुँदै आफुहरुले गरेको ब्यावसायिक कृषि तथा पशुपालनप्रती निरन्तर लाग्ने तर बजारको अभाब भएको उनिहरुले गुनासो राखेका छन ।
कालीगण्डकी गाउँपालिकाको समग्र आयाेजनाहरूकाे स्थलगत अबलाेकन गर्न प्रमुख पराजुलीको सयोजकत्वमा उप-प्रमुख तुल्सीकुमारी श्रेष्ठ, शाखा अधिकृत याेगराज अर्याल, राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयाेजना कार्यन्वयन इकाई (शिक्षा) ईकाइ प्रमुख पिताम्बर पन्थी, समन्वय प्रमुखका स्वकिय सचिव नवीन अर्याल, मुख्यमन्त्री ग्रामिण विकास तथा राेजगार कार्यक्रमका कार्यक्रम सहजकर्ता लक्ष्मी ढकाल सहभागी थिए ।
गाउँपालिकाको विकास निर्माण एवं सेवा प्रवाहका विषयमा अध्यक्ष बेद थापा मगर, उपाध्यक्ष तारा थापा र प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीसङ्ग छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर