हुमाकान्त पाेखरेल, गुल्मी ।
१८ चैत । नेकपा एमाले गुल्मीले पार्टीलाई २०७५ जेठ ३ कै अवस्थामा फर्काउन आग्रह गरेको छ । बुधबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै पार्टीले आफ्नाे धारणा सार्वजनिक गरेकाे हाे । सर्वाेच्च अदालतकाे गत फागुन २३ गतेकाे फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्थामा फर्किएकोले नेकपा एमालेका ०७५ जेठ ३ अगाडिका आधिकारिक कमिटीकाे बैठक आयाेजना गरि पार्टी कामलाई अगाडि बढाउन आग्रह गरिएकाे एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसीले बताए । नेपालकाे बाम आन्दाेलनलाई एकीकृत गरि समाजवादकाे यात्रा सुनिश्चित गर्नुपर्नेमा विभाजित हुनुले परिवर्तनको यात्रालाई थप जटिल बनाएकाे एमाले गुल्मी (माधव पक्ष) ले जनाएको छ । साथै पार्टी अध्यक्ष केपी अाेलीबाट गरिएका स्वेच्छाचारी र विधानविपरितका कदम राेक्न र कार्यक्रताकाे भावनाअनुरूप पार्टी संचालन गर्न माग गरिएकाे छ ।
गुल्मी जिल्लाकाे सन्दर्भमा पार्टीको जिल्ला कमिटीकाे बैठक बस्नुपर्नेमा कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले गुटगत क्रियाकलाप मात्रै अगाडि बढाएकाे पार्टी सचिव साेमनाथ सापकोटाले आराेप लगाए । पार्टी हित विराेधी क्रियाकलाप राेकि सकेसम्म छिटाे बैठककाे आयाेजना गर्न पनि माधव पक्षकाे नेकपा एमाले गुल्मीले जनाएकाे छ । एमाले (केपी ) पक्षले पार्टी सचिव सापकोटालाई हटाएर माओवादी केन्द्रबाट गएका धर्म विकलाई जिल्ला सचिवकाे जिम्मेवारी दिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर