२० चैत्र
गुल्मी । बिपदबाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बिपद प्रतिकार्य तालिम संचालन गरिएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा गाउँपालिकाको संयोजनमा बिहीबारदेखि तालिम संचालन भएको हो । तीन दिवशिय तालिममा बाढी, पहिरो, आगलागि, सडक दुर्घटना लगायतका विपदबाट बच्ने र घटना घट्न नदिने तरिका सिकाइने प्रदेश आपतकालीन कार्यसन्चालन केन्द्रका सुचना ब्यावस्थपान अधिकृत खिमलाल दाहालले जानकारी दिए ।
साथै दुर्घटना वा बिपदबाट भएका घाइतेहरुको उद्धार र प्राथमिक उपचारको सिप पनि प्रदान गरिने अधिकृत दाहालले बताए। तालिममा रुरुक्षेत्र गाउँपालिकाका विपद प्रतिकार्यमा लाग्ने स्वयमसेवकमध्ये प्रत्येक वडाबाट तीन/तीन जना, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत गरी कुल २८ जनाको सहभागिता रहेको छ ।
तालिममा नेपाल प्रहरी बिपद व्यवस्थापन महाशाखा काठमाडौका प्रहरी सहायक निरिक्षक शुशिल गौतम, सशस्त्र प्रहरी बल, प्रहरी निरिक्षक विवेक नेपाल र सुचना व्यवस्थापन अधिकृत दाहालले प्रशिक्षकको भुमिका निर्वाह गरेको प्रदेश मामिला सुचना केन्द्र गुल्मीका सुचना सहायक भरत चन्दले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय