२२ चैत्र
गुल्मी । लुम्बिनी प्रदेशबाट पहिलो र ७५३ स्थानीय तहबाट २३ औ नम्बरमा LISA को विवरण सार्वजनिक गर्ने स्थानीय सरकार गुल्मीको गुल्मीदरबार गाउँपालिका भएको छ ।
गाउँपालिकाको आ.व. २०७६/०७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन [LISA] संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएको कार्यविधि अनुसार विभिन्न १० वटा सूचकहरुमा मूल्याङ्कन गरि पालिकाको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न यो कार्य गरिएको हो ।
साथै विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापनको अबस्थाको बारेमा सुचकद्वारा जानकारी गाराउने कार्य हुन्छ ।
सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयको विषयगत क्षेत्रमा मन्त्रालयले तयार गरेको सफ्टवेयरमा विवरण प्रविष्ट गरी समग्र स्थिति, प्रकृयागत स्थिति र परिमाणात्मक स्थितिको विवरण आइतबार बसेको कार्यपालिकाको बैठकबाट अनुमोदन गर्दै लुम्बिनी प्रदेशबाट पहिलो पटक र नेपालभरबाट २३ औं नम्बरमा गुल्मी दरबार भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
चालु आ.व. ०७७/०७८ को लागि उत्कृष्ठ नजिता प्राप्त गर्न तोकिएका क्षेत्रहरुमा २०७७ श्रावण देखि नै आवश्यक कार्यहरु समेत सम्पादन भैसकेका र भैरहेको पनि पाण्देको भानाइ थियो । अधिकृत पाण्डेले स्वमूल्याङ्कनको लागि आवश्यक मार्गदर्शन र समन्वय गरेकोमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र सङ्गै खटेर साथदिने शाखा प्रमुख तथा पालिकाका सम्पूर्ण कर्मचारी धन्यबाद र बाधाइ समेत दिएका थिए ।
उनले चैत्र १७ देखि २२ गतेसम्म स्वमूल्याङ्कन कार्यशाला गोष्ठीमा सहजिकरण गर्ने जिल्ला समन्वय अधिकारी विजयकुमार कार्की, स्वतन्त्र विज्ञ सञ्जीवनी अर्याललाई पनि धन्यबाद ब्याक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय