२३ चैत्र
गुल्मी । नेपाल पत्रकार महासघ गुल्मी शाखाकाे आगामी २५ गते हुने निर्वाचनका लागि लाेकत्रान्तिक तथा प्रगतिशील सयुक्त प्यानलले निर्वाचन परिचालन तथा प्रचारप्रसार सामिती गठन गरेकाे । प्रेस चाैतारी (माधब समूह) प्रेस युनियन र प्रेस सगंठन नेपालकाे सयुक्त लाेकतान्त्रिक साझा प्यानलका तर्फबाट टाेपलाल अर्यालकाे नेतृत्वमा रहेका सवै उम्मेदवारहरुलाई विजयी गराउनका लागि पत्रकार महासघ गुल्मीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार जनार्दन घिमिरेको सयाेजकत्वमा तीन सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिती गठन गरेको हाे । समतिकाे सदस्यहरुमा शिव सुवेदी र घनश्याम खरेल रहेकाे समितिले जनाएको छ ।
सयुक्त लाेकतान्त्रिक तथा प्रगतिशील साझा प्यानलकाे तर्फवाट अध्यक्षमा टाेपलाल अर्याल उपाध्यक्षमा रेशम कुवँर महिला उपाध्यक्ष सीता भण्डारी सचिव प्रेम सुनार
सह-सचिव तिलाचन पाण्डे समावेशी सचिव-तेजेन्द्र श्रेष्ठ
काेपाध्यक्ष- काैरव खत्री रहनु भएकाे छ ।
साथै सदस्यहरुमा हुमाकान्त पाेखरेल,रमेश विश्वकर्मा,सरस्वती जिसि,यादव ज्ञवाली,हेमलाल भण्डारी, प्रेमनारायण पाण्डे ,महेश वाेहरा मनाेज कार्की ,दधिराम खनाल र डिवि खड्का रहेका छन । साेमवार सयुक्त प्यानलकाे वैठक वसेर अाफ्ना उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउने प्रतिवद्वता समेत पत्रकारका नेताहरुले गरेका छन । पत्रकार महासघका सस्थापक अध्यक्ष समेत रहेका हरिकुमार श्रेष्ठले सयुक्त प्यानलका उम्मेदवारहरुकाे विजयी घाेषणा गर्न मात्रै रहेकाे वताए । हामी दुई तिहाइभन्दा वढी मतले विजयी हुन्छौं श्रेष्ठले भने प्रतिगमनकारीकाे कुनै चलखेलले हामी प्रभावित हुदैनाै । यता प्रेस चाैतारीका नेता शिव सुवेदीले कसैले हाम्रो लाेकतान्त्रिक गठवन्धनका उम्मेदवार तथा मतदाताहरुलाई भ्रममा पार्न विभिन्न षड्यन्त्र गरेपनि असफल हुने दावी गरे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs