२४ चैत्र
मनु सुनार मनसुन । गुल्मीमा आगलागीका कारण तीन महिनाको अवधिमा चार जनाले ज्यान गुमाएका छन्। गत शुक्रबार मात्र आगलागीमा परी धुर्कोट गाउँपालिका–७ की संगीता परियारको मृत्यु भएको थियो । उनको घर नजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बलेसल्ला सामुदायिक वनमा लागेको डढेलोमा परी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गत पुस २४ गते रेसुङ्गा नगरपालिका २ की हरीकला परीयार आफ्नै घरमा आगो ताप्ने क्रममा आगो शरीरमा सल्किदा उपचारको क्रममा फागुन ३ गते मृत्यु भएको थियो। फागुन १९ गते छत्रकोट गाँउपालिका–१ हुँगाकी ५२ वर्षिय मिना गाहाको आगोले जलेर ज्यान गएको थियो। घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा मीसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको थियो।
चैत्र १० गते गुल्मीदरबार गाउँपालिका–१ कुर्लिचौरकी ४२ वर्षीय मन कुमारी कुमालले आफ्नै घरमा खाना पकाउने क्रममा अचानक आफ्नो कपडामा सल्किदा उपचारको क्रममा उनको मृत्यु भएको थियो। आगलागीले पशुचौपाया र भौतिक क्षती समेत भएको छ । यस अवधिमा इस्मा गाउँपालिका वडा नम्बर–४ पैँयाडाँडामा स्थानीय राम बहादुर अधिकारीको गोठमा आगलागी हुँदा पशुचौपायको क्षति भएको छ। फागुन १८ गते सत्यवती गाउँपालिका–२ थुम्का पिपलपोखराको रानि सामुदायिक वनमा लागेको आगो स्थानीय थानेश्वर बिकको घर र गोठमा सल्कीदा धनमाल जलेर नष्ट भएको थियो।
फागुन महिनाकै २५ गते रेसुङ्गा नगरपालिका ५ लामडाडाँ स्थित सामुदायिक वनमा आगलागी भएको थियो। फागुन २३ गते मालिका गाउँपालिका ६ चिसापानी बस्ने कृष्ण अधिकारीको घरमा अचानक आगोलागि हुँदा २ ओटा बोका जलेर मरेका थिए। चैत्र ११ गते मुसिकोट नगरपालिका ५ खर्बाङ स्थित जंगलबाट आएको आगोले ७ घर जलेर नष्ट भएका थिए।
चैत्र १२ गते मुसिकोट नगरपालिका–५माथिल्लो धुमी स्थित जंगलमा आगलागीहुदाँ काठ तथा जडिबुटी नष्ट भएको थियो। चैत्र १३ गते मालिका गाउँपालिका १ नेटा स्थित स्थानिय बस्तीमा आगोलागि हुदाँ तिल कुमारी श्रीस र टेक बहादुर श्रीसको घरगोठ जल्दा पशुचौपाया मरेका थिए। चैत्र १७ गते रेसुङगा नगरपालिका फलाय स्थित सामुदायिक वनमा आगो लागेको थियो। यस्तै रेसुङ्गा नगरपालिका–६ सिमाघाटका कुन्टा देवि मरासिनिले आफ्नै घरमा चिया पकाउने क्रममा आफ्नै कपडामा आगो सल्कदा घाइते हुनुभएको थियो।
चैत्र२१ गते मदाने गाउँपालिका–६ धाराचौर स्थित सुकपोखरी सामुदायिक वनमा आगलागी भएको थियो। सोही दिन मालिका गाउँपालिका–७ घमिरमा चप सामुदायिक वन र ओख्लेमा मालिका सामुदायिक वनमा आगो लागि हुदाँ वाइफाईको टावर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी जनाएको छ।