२४ चैत्र
गुल्मी । नेपाल पत्रकार महासघको चैत्र २५ गते हुने निर्बाचनमा गुल्मीबाट ६ जना उमेदवार निर्बिरोध निर्बाचित भएका छन ।
गुल्मीबाट दुई जना केन्द्रिय परिषद सदस्यमा र चार जना प्रदेश परिषद सदस्य आबश्यक पद भन्दा बढी उमेदवार नपरेको हुँदा निर्बिरोध निर्बाचित भएको निर्बाचिन समितीले जानकारी गराएको छ ।
निर्बाचित हुनेमा केन्द्रिय परिषद सदस्य पदमा जनार्दन घिमिरे र नवराज भुषाल साथै प्रदेश परिषद सदस्यमा घनश्याम खरेल हरिकुमार श्रेष्ठ तारा भुषाल र तिलक महत हुन ।
अन्य पदको लागि चैत्र २५ गते बिहान ९ बजेदेखि साझ ५ बजेसम्म हुने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर