शिव सुवेदी
१९ वैशाख । ईस्मा गाउँपालिका २ का माेतीबहादुर कुवँरकाे हत्याका प्रतिवादीलाई प्रहरीले सार्वजनिक गरेकाे छ । ईस्मा गाउँपालिका १ छिनुवाखाेलामा हाेटल सञ्चालन गरेका कुवँरकाे हत्यामा सलग्न ३ जनालाई प्रहरीले पक्राउ गरि अाईतवार पत्रकार सम्मेलन गदै सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेहरुमा इस्मा गाउँपालिका १ का वर्ष १८ का रमेश कुमाल, साेहि ठाउकै १८ बर्षकै गाेले भन्ने सन्ताेष कुमाल र साेहि स्थानकै २० वर्षका सुशील कुमाल रहेका छन । उनिहरुले कुवँरलाई गत भदौ २१ गते अाफ्नै हाेटलमा कुटपिट गरि गम्भीर घाइते वनाएका थिए । गम्भीर घाइते माेतीवहादुरकाे उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्युु भएको थियोे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गाेपालचन्द्र भट्टराईका अनुसार लामाे समयकाे अनुसन्धानपछि सफलता प्राप्त भएको बताए । हामी लामाे समय घटनास्थलमा पुग्ने र त्यहाँका स्थानीयवासिहरुसगँ भेटघाट,छलफल गर्ने काम गर्याै भट्टराईले भने` सातमहिनासम्म प्रहरी छिनुवाखाेला र ईस्मा नपुगेकाे कुनै दिन खाली भएन ।´ उनका अनुसार भदाै ३ गते तिजकाे मेला हेर्न जाने क्रममा ३ नै जना प्रतिवादीहरु युवतीसगँ वसेकाे अवस्था माेतीवहादुरले मुखमा लाईट लगाएपछि झगडा शुरु बताए । मुखमा लाईट लगाएकाे दिनदेखि नै कुवँर र कुमालहरुविच झगडा शुरु भएकाे रहेछ जिल्ला प्रहरी कार्यालय गुल्मी प्रमुख भट्टराईले अगाडि भन्छन` साेहि झगडाले कुवँरकाे ज्यान गएकाे हाम्रो अनुसन्धानवाट खुलेकाे छ।´ प्रक्राउ गरि सार्वजनिक गरेका ३ नै जनालाई आईतवार जिल्ला अदालत गुल्मीवाट म्याद थपेर घटनाका वारेमा थप अनुसन्धान अगाडि वढाईएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय