२४ बैशाख
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित दजाकोटको ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहानै चट्यांङ परेको छ| बिहान करिब ५:३० बजेको समयमा चट्यांङ परेको हो। घरको छानोमा चट्यांङ परेकोले मानबिय तथा भौतिक क्षति हुनपुग्यो।
गाहा मगरको घरमा एक जनाको अबस्था गंम्भिर छ। सोही परिवारकी बुहारी करिस्मा सहित ७ जना घाईते भएका छन । घटनाको बारेमा मुसिकोट नगरपालिका कार्यपालिका सदस्य हरी छन्तेलले बताए ।
छन्तेलका अनुसार गंम्भिर घाईते करिश्मा सहित ५ जना लाई उपचारको लागि तम्घास पठाई सकिएको छ भने बॉकि दुईजना लाई पनि तम्घास पठाऊनको लागि एम्बुलेन्स बोलाइएको छन्तेलले बताए ।




