२५ बैशाख
राजधानी । कोरोना महामारीले सामान्य नागरिकहरु मात्रै होईन देशका शक्तिशाली नेताहरु पनि आकुलव्याकुल बनिरहेका छन । उता प्रधानमन्त्री आफू सुरक्षीत हुन र सत्ता जोगाउन दौडधुप गरिरहेका छन ।
सामाजिक सन्जालमा आज एउटा स्टाटस आयो जुन हेर्दा पत्याउनै गाह्रो पर्यो । स्टाटसमा लेखिएको थियो । ” कुनै हस्पिटलमा ICU छ भने भन्नु न आखाँ सामु मृत्यू देख्नु पर्ने भयो !!! बिरामी काठमाण्डु मेडिकेयरमा हुनुहुन्छ ।
सम्पर्क न 9851159333″
कुरा बास्तबिकनै रहेछ काग्रेसका चर्चित नेता चन्द्र भण्डारीले आम रुपमै समाजिक सन्जाल फेसबुक मार्फत बिरामी बचाउन सहयोग मागेका रहेछन ।
प्रधानमन्त्री के पि शर्मा ओलिले महामारी सरकारको नियन्त्रमा छ भन्दै आजै दिएको अभिव्यक्तिलाई भण्डारीको स्टाटसले गिजाइरहेको थियो ।
नागरिकहरु महामारीले छट्पटाइरहेको बेलामा सरकार आफ्नै रक्षाको लागि मात्रै लाग्नु, साथै बिरामीले एम्बुलेन्स नपाएर घरमै ज्यान गुमाउन बाध्य भैरहेको बेलामा गृहमन्त्री हेलिकप्टर चढेर उम्मेद्बारी दर्ता गराउन हिड्नुले आम नागरिकलाई सरकारप्रतिको बिस्वस्नियता र भरोसा गुम्दै गएको बिश्लेषकहरु बताउने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय