२९ वैशाख
गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुले नगद सहयोग गरेका छन् । जिल्लामा रहेका सम्पूर्ण जीवन र निर्जिवन बीमा कम्पनीहरुले एकमुष्ट रुपमा ४० हजार पत्रकार महासंघलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लामा रहेका सबै बीमा कम्पनीहरुको संस्था, गुल्मी इन्स्योरेन्स समितिले ४० हजार महासंघलाई प्रदान गरेको हो । बुधबार गुल्मी इन्स्योरेन्स समितिको तर्फबाट अध्यक्ष दीपक पोखरेलको नेतृत्वमा गएको समुहले पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, समन्वय समितिका संयोजक जनार्दन घिमिरे लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । पत्रकार महासंघले संचालन गरेको अभियानमा सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले सहयोग गरेको र आगामी दिनमा पनि यो अभियानमा सँगै हुने अध्यक्ष पोखरेलले बताए ।
साथै उनले अक्सिजन नपाएर बिरामीहरुको अकालमै ज्यान जाने अवस्थालाई न्यूनिकरण गर्नको लागि महासंघले संचालन गरेको अक्सिजन अभियानको प्रसशां समेत गरे । पत्रकार महासंघका अध्यक्ष अर्यालले सहयोग गर्ने गुल्मी इन्स्योरेन्स कम्पनी समुहलाई धन्यवाद् दिदैँ रकमको सही सदुपयोग गर्ने बताए । समन्वय समतिका अध्यक्ष जनार्दन घिमिरेले महामारीमा सबैले आफुहरुको अभियानमा सहयोग गर्न आग्रह गरे । इन्स्योरेन्स समितिले गत बर्ष पनि सर्वसाधारणको लागि माक्स, सेनिटाइजर तथा ग्लोब्स वितरण गरेको थियो ।
यो महामारिको सकटबाट नागरिकलाई जोगाउन हामि हरबखत सहयोगमा जुटिरहेका छौ । गुल्मीका ईन्स्योरेन्स कम्पनीका शाखाहरु पत्रकार महासघको अक्सिजन अभियानमा सङसङ्गै रहेर आफ्नो तर्फबाट लागिपरेका छौ, महालक्ष्मी लाइफ इन्स्योरेन्स क लि गुल्मी शाखाका प्रमुख बिमल छन्तेलले बताए ।