२ जेठ
गुल्मी । कोरोना भाईरस नया भेरियन्टले नेपाली नागरिकलाई निकै आक्रान्त पारिरहेको छ । गुल्मिमा पनि कोरोना भाइरसको दोस्रो लहरबाट सक्रमित तिब्र रुपमा बढ्दै जादा जिल्ला प्रशासन जिल्ला हस्पिटल पत्रकार महासघ लगायत सस्थाहरुले अक्सिजन अभियान सुरु गरेका थिए ।
अक्सिजनको लागि आर्थिक सकलन भैरहदा पछिल्लो चरणमा जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरु भएको बताइएको छ । प्लान्ट स्थापनाको लागि गुल्मी उद्योग बाणिज्य सघले ८ लाख ६७ हजार ६३२ सकलन गरेको अध्यक्ष श्रीप्रसाद बलामीले बताएका छन । यो रकम उद्योग बाणिज्य सघ गुल्मीको कार्य समिति र केही पूर्व अध्यक्षहरुबाट सकलन भएको हो ।
हामी सबैको पहिलो प्राथमिकता नागरिकको जीवन बचाउनु भएको हुँदा जिल्लामा अक्सिजनको अभाब हुन नदिन यो अभियान सुरु गरिएको भलामिको भनाई छ । अक्सिजन प्लान्ट स्थापना भएपछी कसैले पनि अक्सिजनको अभाबमा ज्यान गुमाउनु नपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय