२ जेठ
बैशाख । नेपाल पत्रकार महासघ गुल्मीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सन्चालन गरेपछी नेता गोकर्ण बिष्ट उत्साहित भएका छन ।
गुल्मीमा अक्सिजनको चरम अभाब भएपछी यसअघि नै गुल्मी जिल्ला अस्पतालको लागि ४५ थान अक्सिजन पठाएका बिष्टले अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख जिटाइदिने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
आज सामाजिक सन्जाल फेसबुक स्टाटसमा समेत उनले भनेका छन ।
पत्रकार महासंघ गुल्मीले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागत योग्य छ । महासंघको यो अभियानका लागि रु.१०,००,००० (अक्षरुपि दश लाख रुपैयाँ) बराबरको सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो अभियानलाई साथ दिएर कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउनुहुन सबैमा अनुरोध गर्दछु ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs