२ जेठ
गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेकाे अक्सिजन प्लान्ट अभियानमा रेसुङ्गा नगरपालिकामा कार्यालय स्थापना गरि युवाहरूकाे नेतृत्वमा संचालनमा आएकाे उज्यालाे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
अनलाइन मार्फत आइतबार बसेको सन्चालक समितीको बैठकले अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग गर्ने निर्णय गरेको सस्थाका अध्यक्ष राजेन्द्र बिक्रम कुवँरले बताएका छन । जिल्लामा अक्सिजनको अभाब बढिरहेको र संक्रमितको सख्या तिब्र गतिले वृद्धि भैरहेको अबस्थामा जिल्ला स्थित विभिन्न सामाजिक सस्थाहरु उद्योग बाणिज्य संंघ लगायतका सस्थाहरुले अक्सिजन अभियान सुरु गरेकोप्रती खुशी ब्यक्त गर्दै अध्यक्ष कुँवरले अन्य सघंसस्था तथा ब्याक्तिहरुलाई पनि यस अभियानमा जोडिन अपिल गरेका छन ।
पत्रकार महासघले सुरुदेखि नै अक्सिजन अभियान सन्चालन गरेको हुँदा जिल्लामा अक्सिजनको अभाब केही मथ्थर भएको र धेरै संक्रमितले जीवन पाएको कुँवरले बताए । पत्रकार महासघको अक्सिजन पलान्ट स्थापना अभियान देशमै उदाहरणिय कार्य भएको हुँदा आफ्नो सँस्था पनि यस अभियानमा जोडिएको र सङ्गसङ्गै रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय