३ जेठ
गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको जिल्लामै अक्सिजन प्लान्ट स्थापनाको अभियानमा सोमबार जिल्लाकै ठूलो निजि स्कुल अर्जुन आवासिय माध्यमिक बिधालय सहभागी भएको छ ।
तम्घासमा रहेको अर्जुन स्कुलले अक्सिजन अभियानलाई सफल पार्नको लागि अहिले नगद २५ हजार ५०० सहयोग गरेको महासघ जिल्ला कार्यसमिती सदस्य हुमाकान्त पोखरेलले खुल्ला न्यूजलाई बताएका छन ।
अहिले कोरोना महामारीको दोस्रो लहर तिब्र रुपमा चलिरहेको बेलामा जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्य निकै राम्रो हो । यस अभियानमा आफू र आफ्नो स्कुल पनि सहभागी हुन पाएकोमा धेरै खुशी लागेको छ, प्राधानाध्यपक रबिचन्द्र बिष्टले रकम हस्तान्तरण गर्दै भने ।
नगद हस्तान्तरण कार्यक्रममा महासघ सदस्य पोखरेलले हामी यो अभियान जसरी पनि सफल पार्छौ र हामीले सुरु गरेको अभियानमा जिल्लाको सबै सघसस्था,सरकारी तथा निजि क्षेत्र, प्रबुद्ध ब्याक्तित्व, बिदेशमा रहेका नेपाली सबैको साथ पाएका छौ । अब छिट्टै जिल्लामै अक्सिजन प्लान्टको स्थापना हुनेछ । अझैपनी सबैलाई यश पुन्य कार्यमा सहभागी हुन अपिल गर्दछु, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय