३ जेठ
गुल्मी । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीकाे अध्यक्षतामा सोमबार बसेकाे बैठकबाट काेराेना माहामारीकाे प्रभावलाई कम गर्ने उदेश्य राखेर नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अभियान अन्तर्गत अक्सिजन प्लान्ट जडानकाे लागि १० लाख उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।
सो रकम रेसुङ्गा नगरपालिका मार्फत तम्घास अस्पताललाई उपलब्ध गराउने प्रतिबद्दता गरेकाे छ ।
जिल्ला समन्वय समितीका प्रमुख लक्ष्मण पराजुलीले कोरोना महामारीबाट कोहिपनि अछुतो नरहने अबश्था रहेको बेला पत्रकारहरुको सकृयतामा अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यको लागि अभियान सन्चालन गर्नु निकैनै राम्रो कुरा भएको भन्दै खुशी ब्यक्त गरेका छ्न । मानव जिवनको रक्षा गर्ने यस पबित्र कार्यमा समन्वय समिति पनि ऐक्यबद्धता जायर गर्दछ, पराजुलीले भनेका छन । साथै उनले अक्सिजन प्लान्ट स्थापनाको लागि जिल्ला स्थित सबै स्थानिय तह, सरकारी तथा निजि क्षेत्र, ब्यावसायी, देश बिदेश रहेका नेपाली सम्बद्द सघ सस्थाहरुलाई समेत सहयोग गर्न अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय