४ जेठ
जापान । अध्ययनका लागि जापान बस्ने नेपाली चेली सविना पौडेल पाँच दिनदेखी बेपत्ता भएकी छिन् ।
जापानको नागोयामा बस्दै आएकी सविना मे १३ तारिखबाट संपर्कबिहिन भएकी हुन । नेपालस्थित परिवारका सदस्यले सविनासँग बिहीवार रातको १० बजेर ४५ मिनेटपछि परिवार तथा साथीहरुसँग सम्पर्क नरहेको र खोजी गर्दा पत्ता लगाउन नसकेको जानकारी दिएका छन । सविना बसन्ती खत्री नाम गरेकी नेपाली युवतीसंगै बस्दै आएकी थिइन ।
बसन्तिका अनुसार सविना बिहीवार दिउसो कोठाबाट निस्किएपछि उनको कुनै सम्पर्क भएको छैन । सविनाले आफुलाई उक्त दिन बिहान साँझपख घुम्न जाने बताएपनि दिउँसो भने समय नमिलेकाले जान नपाउने र आफु केही ढिलो कोठामा आउने बताएको जानकारी दिएकी छिन् । हाल सोधपुछ तथा अन्य जानकारी लिन प्रहरिले बसन्तीलाई आफ्नो नियन्त्रणमा राखेकाले थप जानकारी लिन सकिएको छैन ।
बेपत्ता सविनाकी आमा रत्न माया बस्नेत ‘पौडेल’ ले सन्चारमाध्यम मार्फत नेपाली राजदूतावासलाई बेपत्ता छोरी खोजी गरिदिन निबेदन पठाएकि छन । निबेदन पत्रमा आमा रत्नमायाले छोरीसँग उनको मोबाइलमा पनि संपर्क हुँन नसकेको उल्लेख गर्दै सविनाले अध्ययन गरेको बिद्यालय लगायत विवरण उपलब्ध गराएकि छन ।सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिईन् । सविना पार्ट टाईम काम गर्दै आएको कम्पनीले पनि उनले कुनैपनि जानकारी नदिएको र सम्पर्क हुन नसकेको बताएको छ ।सबिनाको भिषा कम्पनीमा परिवर्तन गर्नको लागि उनले वकिल मार्फत भिषा आवेदनका लागि कागजात समेत बुझाई सकेकी थिईन् ।
सविनाको परिवार नेपाल स्थायि घर ओखल्ढुङ्गा लिखु गाउँपालिका ८ भएपनि सपरिवार हाल काठमाडौं नागार्जून १ रानीवनमा बस्दै आएका छन् ।सविनाले जापानको नागोया कलेज अफ चाईल्ड वेलफेयर एण्ड विजनेशमा अध्ययन गरेकी थिईन् । जापानी समाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय