४ जेठ
राजधानी । नेपालमा कोभिड-१९ का नयाँ भेरियन्ट देखिएका छन् । मंगलबार नेपालमा कोभिडका थप दुई नयाँ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैलाई सचेत रहन र जिम्मेवार बन्‍न आग्रह गरेको छ  

देशका विभिन्‍न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्‍व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्‍विन्सङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको छ ।  विश्‍व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्‍वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय