५ जेठ
गुल्मी । कोरोना महामारीको कारण गुल्मीबाट धेरै बिरामी अन्यत्र रिफर गर्न परिरहेको भन्दै चौतर्फी चासो बढिरहेको थियो । गुल्मीमा ICU सुबिधा सहितको अस्पताल नभएको र धेरै सक्रमितलाई निमोनिया हुने कारण सामान्य बेडमा उपचार गर्न नसकिने हुँदा अन्यत्र पठाउनु पर्ने बाध्यता भएको जिल्ला अस्पताल गुल्मीका मेसु डा. उत्तम पाच्याले गुनासो गरिरहेका थिए ।
कोरोना सक्रमणको महामरीबाट नागरिकलाई बचाउन र जिल्लामै सक्रमितको उपचार गर्नको लागि ICU सुबिधाको अबश्यक भएको भन्दै ५ बेडको लागि माग भए अनुसार २ करोड बजेट मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको बताइएको छ ।
दुई करोड बजेटको सिमाभित्र रहि खरिद प्रक्रिया अगाडि बढाउन सहमती प्रदान गर्ने निर्णय भएको अर्थमन्त्रालयका शाखा अधिकृत खेमेन्द्रमणि घिमिरेले बताएका छन ।
यस अघिनै जिल्लामा अक्सिजन प्लान्ट जडानका लागि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालिको पहलमा एक करोड बजेट अर्थले स्वीकृत गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs