६ जेठ
गुल्मी । कोरोना भाइरसको दोस्रो लहर तिब्र गतिमा गाउँ गाउँमा समेत महामारीकै रुपमा फैलिएको छ । कोरोना महामारी नियन्त्रणका लागि केन्द्र वा प्रदेश सरकार भन्दा पनि स्थानिय सरकारको भुमिका निकै प्रभावकारी देखिएको छ ।
पहिलो पटक कोरोना भाइरस सक्रमण हुँदा पनि स्थानिय तहले नै तह लगाएको थियो । यसपटक पनि स्थानिय सरकारका जनप्रतिनिधिहरु महामारी नियन्त्रणको लागि धेरैनै खटेको स्थानियबासी बताउछन । इस्मा कि गिता मुखियाले भनिन “अरु त हामीलाई थाहा छैन यहाँ बिमला म्याडमहरु आउनु हुन्छ सहयोग गर्नु हुन्छ, बाहिर जान हुदैन भन्नू हुन्छ । त्यस्तै सोही पालिकाका पुरन खत्रीले पनि गाउँपालिकाबाट हामीलाई धेरै सहयोग भएको छ । गत वर्ष महामारीमा पनि बिमला दिदिहरुले सहयोग गर्नु भएको हो हाम्रो घरमा त रासन पनि सकिएको थियो । गतवर्ष आगलागीबाट पिडित भएका लुमबहादुर घर्तीले पनि आफ्नो घरगोठ जल्दा गाईबाख्रा सबै जलेर गोठ रित्तियो त्यसबेला गाउँपालिकाबाट लक्ष्मण सर बिमला मेडमहरु आएर हामीलाई सहयोग गर्नु भएको हो । हामीलाई रासन र घर बनाउन सहयोग गर्नु भएको हो पाइप जलेको थियो पाइप पनि वडा अध्यक्षले ल्याइदिएर पानी खान पायौ ।” स्थानिय सरकार प्रभावकारी रहेछ भन्ने केही प्रतिनिधि घटना हुन ।
गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री यो महामारीको बेलामा पनि घर घर पुगेको स्थानियहरु बताउछन । उपाध्यक्ष खत्री सुबिधा सम्पन्न सवारी साधन नचढ्ने बताउछिन । उनिसङ्ग एउटा मोटरसाइकल छ त्यसैमा आफै चलाएर जनताका घर घर पुग्ने गरेको स्थानियले बताउछ्न ।
यतिबेला कोरोना महामारीले सबैलाई आक्रान्त पारेको छ । उपाध्यक्ष खत्रीभने स्वास्थ्यकर्मी सहितको टोलि लिएर गाउँमा घर घर पुगेकी छन । उनी भन्छिन ” हामीलाई जनताले यस्तै बिपदको बेला सेवा गर्न जिताएर पठाएका हुन । मलाइ आफ्नो भन्दा मेरा जनताको बढी माया छ । त्यसैले यो महामारीमा नागरिकको जिवनरक्षा गर्नु मेरो पहिलो काम हो ।”
उपाध्यक्ष खत्री सहितको टोलिले घर घरमा र टोल टोलमा गएर एन्टिजिन र स्वाव संकलन गरिरहेका साथै सम्पुर्ण वडाहरुमा सन्देस मुलुक सूचना बजाउदै हिडेको बताइएको छ। अप्ठ्यारो मान्दै उनी भन्छिन, घरमै बस्नुस हिडडुल नगर्नुस माक्स लगाउनुस भिडभाड नगर्नुस भन्दा बेवास्ता गर्ने हुनाले कहि ठाँउमा नमिठो पनि बोल्न बाध्य भएका छौ । कोरोना पोजेटिभ लक्षण देखिएकाहरुलाई कोभिड अस्पताल लगेर उपचार गराएका छौ । हामिहरुले जे गरेका छौ यस्मा हाम्रो केही स्वार्थ छैन मात्रै कोरोनाको जोखिमबाट बाच्न र बचाउनको निम्ति हो।
खत्रीले आफ्नो हातको डायरी पल्टाउदै भन्छिन । मंगलबार सम्मको डाटा सक्रिय संक्रमित ९० जना छन । १५ जना सन्चो भएका छन भने ४ जनाको ज्यान गयो । हालसम्म २४४ जनाको एन्टिजिन र १३४जनाको पिसिआर गरिएको छ । अझै केहिको रिपोर्ट आउन बाकी छ ।
आफुसङ्गै टिममा खटेर हिड्ने डाक्टर तथा अन्य स्वास्थ्यकर्मिहरुकै कारण आफुले यसरी काम गर्न सकेको खत्री बताउछिन । साथै कोभिड अस्पताल बसेर रातदिन आफ्नो जिवनको प्रवाह नगरी सेवामा खटिनु भएका कर्मचारी,जनप्रतिनिधि,हेल्थडेक्स, ल्यावका कर्मचारी सबै सक्रिय रुपमा खटेको हुनाले महामारीबाट धेरैको ज्यान बचाउन सकेका छौ उनले भनिन ।
खत्री अहिले मात्र होइन गाउँपालिकामा दुर्ब्यसनी तथा मदिरा नियन्त्रणमा समेत उल्लेख रुपमा अभियान नै सन्चालन गरेर काम गर्दै आएको जानकारहरु बताउछन । जनताका काममा तल्लिन भएर लाग्दा आफुलाई निकै आनन्द महसुस हुने साथै गाउँपालिका अध्यक्षको पनि आफुलाई निरन्तर साथ रहेको हुँदा आफ्नो कामप्रती खुशी ब्याक्त गर्छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय