७ जेठ
राजधानी । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाटै चपेटामा परेका नेता हुन माधब नेपाल । दुई अध्यक्ष मिलेर सुटुक्क गरिएको एकता तीनवर्ष नपुग्दै छिन्नभिन्न हुन पुग्यो । आफ्नो अनुकुल हुँदासम्म पार्टिका अध्यक्ष के पि शर्मा ओलि एकतालाई मानेकै थिए । जब माधब समुहले अर्का अध्यक्ष पुष्पकमल दाहालसङ्ग आफुहरुलाई साथ दिन अनुरोध गर्यो ।
ओलिले जब पार्टिको निर्णयलाई अनादर गर्दै जान थाले प्रचण्ड र माधब झलनाथ सहितको बहुमत ओलिलाई सच्याउनु पर्छ,पार्टिको निर्णय सबैले मान्नुपर्छ भन्दै फरक मत राख्न थाले । पार्टिभित्र ओलि प्रष्ट अल्पमतमा परेपछी उनले प्रतिनिधि सभानै बिघटन गरिदिए । सर्बोच्च अदालतले ससद त ब्यूताईदियो तर पार्टीमा एकमत हुन सकेनन अन्तत सर्बोच्चको अर्को निर्णयले नेकपा नामको पार्टिनै बिभाजित गरिदियो र पूर्वबत अबस्था अर्थात २०७५ जेठ ३ अघि फर्किन पर्ने फैसला गरिदियो । अदालतको पछिल्लो फैसलाले नेकपा(माओवादी केन्द्र) त आफ्नो ठाउँमा फर्कियो तर नेकपा एमालेमा फेरि पनि दुई समूह मिल्ने अबश्था देखिएन ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलिले माओवादी छाडेर आफुसङ्गै बसेका नेताहरु समेत राखेर नयाँ कमिटी निर्माण गरे, नवौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव बाहेक सबैलाई पार्टिमा पदमुक्त गरिदिए । केन्द्रदेखि स्थानिय तहसम्म नयाँ कमिटी निर्माण गरे । उता माधब समूह अदालतले भने अनुसार पूर्वबत अबस्थामा फर्किनु पर्ने आफ्नो अडान राख्दै मोर्चा कस्दै गरे । पार्टी र जनसगठनहरु समानान्तर कमिटी बनाएर ओलिलाई दबाब सिर्जना गरे । बिपक्षी दलका नेताहरुसङ्ग मोर्चा बन्दी गर्दै गए । अध्यक्ष ओलि टसकोमस भएनन ।
ओलिले ससदबाट बिस्वासको मत आफ्नो पक्षमा प्राप्त गर्न नसकेपछी बल्ल माधब पक्षसग सम्बाद गर्न तयार भए । सम्बाद सुरुगरे कार्यदल बनाए तर ओलिले आफ्नो पद बचाउने निर्णयमा बाहेक अरुकुरा ठोस रुपमा अगाडि बढाउन ईच्छा देखाएनन । माधब समूह पनि अलमलमै रहेको देखिन्छ । यता प्रधानमन्त्री ओलिलाई साथदिने पार्टिमा एकताबद्ध भएर अगाडि बढ्ने भन्दै छलफल त चलाए । तर उता राष्ट्रिय सभाको उप-निर्वाचनमा बिपक्षी दलहरुको साथ लिएर आफू निकट डा. खिमलाल देबकोटालाई जिताउन निर्देशन दिए ।
एमालेको चुनाब चिन्ह सुर्यधारी उमेदवार रामबहादुर थापा बादल पराजित भएको र माधब नेपाल निकट देबकोटा बिजयी भएपछी पुन:एकपटक एमालेमा बिबाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलिले बनाएका बादलको हार हुनु , अदालतले माओबादी पार्टी छाडेर आफुसङ्गै मन्त्री भएर बसेका सातजनालाई पदमुक्त गरिदिनुले उनी निकै तनाबमा भएको जानकारहरु बताउछन । ओलिले आफुले बिस्वासको मतलिने प्रक्रियामै नपुगी फेरि सरकार गठनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेका छन । संविधान बिदहरुले प्रधानमन्त्रीको फेरि पनि ससद बिघटन गर्ने चालबाजी हो भनी बिश्लेषण गरेका छन ।
प्रधानमन्त्री ओलिले आफुलाई बहुमत सिद्ध गर्नको लागि हुनसक्छ जनता समाजबादी पार्टीका मागहरु सम्बोधन गर्न लागिरहेका छन । बिहिबार अध्यादेश मार्फत अबदेखी आमाको नामबाटै जन्मसिद्ध नागरिकता बन्ने भएको छ ।
शुक्रवार ५ बजेसम्म के हुन्छ देशमा पक्कै एउटा नयाँ कोर्ष सुरु होला ।
यतिबेला पनि माधब समूह अलमलमै देखिन्छ । आफुहरुले प्रतिगमनकारीको पगरी गुथाएका अध्यक्ष ओलिलाई साथदिएर उनिसङ्गै एमाले र सुर्य चिन्हको भक्तीगान गरेर अर्कोपटक पनि ओलिले टिकट दिएभने सासद हुने वा नयाँ कोर्षमा जाने ? एकातिर एमाले छोडन नसक्ने अर्कोतिर आफैले भनेको प्रतिगमन स्वीकार गर्न नसक्ने । बार्ता पार्टीभित्र सुरु गर्ने काम बिपक्षीसङ्ग मिलेर गर्ने । माधब पक्षले हिजो एउटा परिक्षा पारे गरे फेरि अब आजनै उनको अर्को परिक्षा हुनेवाला छ । यो गुज्रिएर गयो भने फेरि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको लागि हुने उप-निर्बाचनमा उनले के गर्लान ? कहाँसम्म पुग्छन उनी यस्तो यात्रामा ? उनको समूह बलियो बनाउन प्रतिपक्षी दलले कहिलेसम्म देलान उनलाई साथ ?

प्रतिक्रिया

सम्बन्धित खवर