७ जेठ
राजधानी । विपक्षी गठबन्धनको सिहंदरबार बसे लगत्तै शिर्ष नेताहरु शितलनिवास पुगेका छन् । 
काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र माधव कुमार नेपाल शितलनिवास गएका हुन् । संविधानको धारा ७६ को ५ अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका हुन् ।  
स्रोतका अनुसार नेताहरु यसअघि सिहंदरवारमा जुटाइएको १४९ सांसदहरुको हस्ताक्षर लिएर शितलनिवास पुगेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित०, माधव नेपाल समूहका २७ र जसपाका १२ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर