८ जेठ
पाल्पा । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ जाँदै गरेको मालबाहक ट्रक पाल्पामा दुर्घटना भएको छ ।
शनिबार विहान करिब ५.४५ बजेतिर बुटवलबाट तम्घास तर्फ जाँदै गरेको ना २ ख ९५८२ नम्बरको ट्रक रिब्दिकोट गाउँ पालिका २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो।
ट्रकमा चालक सहित २ जना रहेका थिए । २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उद्दार गरि युनाइटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ।घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरालाल चौधरी र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनाएको छ।
घाइते मध्ये चालक चौधरी लाई हात खुट्टा मुख तथा शरिरमा चोटपटक लागेको छ भने सहचालक सिकाराम लाई हातमा चोट लागेको उल्लेख गरिएको छ। दुर्घटना ब्रेक फेल भएर भहेको प्रहरीले बताएको छ ।




