९ जेठ
बुटवल । नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबावा सडक खण्डमा सुरुङ निर्माण गर्न टेण्डर आब्हान गरेको छ ।
नेपाल सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयले ४५  दिने सूचना प्रकाशित गर्दै टेण्डर आब्हान गरेको हो । सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोवल टेण्डर आब्हान गरेको हो । यो टेण्डर आब्हानसंगै मृत्युमार्ग बनेको सिद्धार्थ राजमार्गको सिद्धवावा सडकखण्डमा सूरुङ बन्ने निश्चित भएको छ ।
गत बर्ष अर्थ मन्त्रालयले बजेट स्विकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन भनेको थियो ।
स्विस सरकारको SDC ले गरेको डिजाइनमा आधारित भएर Engineering Procurement Construction (EPC) मार्फत १० अर्बको सिमा भित्ररही बोलपत्र आव्हान भएको हो । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङमार्ग आयोजना मध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन ।
सडक विभागका उपमहानिर्देशक बिजय जैशीले सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि आईतबार ग्लोबल टेण्डर आव्हान भएको र तोकिएको समयसिमा भित्रै टेण्डर खोली काम अगाडी बढाईने बताए ।
“सरकारले सुरुङमार्गको लागि १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै गतवर्ष नै ३३ करोडको बजेट छुट्याएको थियो, तर टेण्डर हुन नसक्दा काम अगाडी बढाउन सकिएको थिएन, अबभने टेण्डर आव्हान भएकोले सुरुङमार्गको काम अगाडी बढ्ने छ ।” जैशीले भने ।
माथिल्लो सिद्धबाबा मन्दिरदेखि शुरु हुने सुरुङमार्गको डिजाईन स्वीस सरकारले गरेको र ११ सय २६ मिटरको हुने विभागका उपमहानिर्देशक जैशीले बताए । साथै माथीबाट ढुंगा झर्ने ३ किलोमिटर क्षेत्रमा रकनेट र जाली लगाउने काम समेत स्वीकृत बजेटभित्रैबाट गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय