१० जेठ
गुल्मी । दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट थलिएका संक्रमितलाई अक्सिजनको अभाव रोक्न सुरु गरिएको अभियानबाट संकलन भएको ६० लाख रकम नेपाल पत्रकार महासंघ गुल्मी शाखाले गुल्मी अस्पताललाई  हस्तान्तरण गरेको छ ।
सोमबार नेपाल पत्रकार महासंघ गुल्मीले अभियानबाट जुटाएको रकम गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जनाएको छ ।
कोरोनाको दैनिक संक्रमण बढ्न थालेपछि  बैशाख २५ गतेदेखी जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न नेपाल पत्रकार महासंघ गुल्मीले अभियान सुरु गरेको थियो । पत्रकारहरुको सक्रियतामा सुरु गरिएको सहयोग अभियानबाट छोट्टो समयमै ६० लाख रकम संकलन गर्न आफुहरु सफल भएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालले बताए ।
कोरोना भाइरस बढ्दो संक्रमणलाई न्युनिकरण तथा रोकथामका लागी नेपालमै पत्रकारले पहिलो पटक चालेको सहयोग अभियानमा देश बिदेश बाट सहयोग गर्ने दातालाई जिल्ला शाखा गुल्मीका अध्यक्ष अर्यालले धन्यवाद दिए। 
हस्तान्तरण गरिएको रकमबाट काम सुरु हुनका लागि मंगलबार टेण्डर आह्वान हुँदै छ । ६० लाख रुपैयाँको चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।
जिल्लामा बिरामीहरुले अक्सिजन नपाएका कारण अकालमै ज्यान गुमाउनु नपरोस्  भन्ने उदेश्यका साथ महासंघले ५ लाख रुपैयाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरिएको पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष रेशम कुवरले जानाकारी दिए । 
पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा ३ करोड बजेट 
गुल्मी क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य एवं पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड र आइसियु बेडको स्थापना गर्नका लागि २ करोड गरि कुल ३ करोड रुपैयाँ बिनियोजन भएको छ ।
जिल्लामा सुबिधा सम्पन्न अस्पताल सहज पहुँच नहुदा बुटवल , पोखरा , चितवन , काठमाडौ लगाएतका ठुला शहरमा मोटो रकम खर्चिनु पर्न्ने बाध्यतालाई न्यूनीकरण गर्नका बजेट बिनियोजन गरिएको बताइएको छ ।आइसियु बेड र अक्सिजन प्लान्ट निर्माणमा  करोडौं रकम बिनियोजनले उपचार सहयोग हुनेमा जिल्लाबासीमा आशा पलाएको छ ।
यो महामारीको अबस्थामा अक्सिजन सिलिन्डर भर्नेदेखी अक्सिजन प्लान्टसम्मका काममा नेपाल पत्रकार महासंघ गुल्मीले सक्रियता जनाउँदै आएको छ ।कोरोना भाइरसका कारण गुल्मी  जिल्लामा ६८ जनाले ज्यान गुमाएका छन् भने सक्रिय संक्रमीत ९ सय ३० जना छन । khabarpatro

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय