११ जेठ
गुल्मी । जनताको सर्बोच्च अङ्ग जननिर्वाचित सस्था ब्याबस्थापिका संसद बिघटनप्रती नेपाली काग्रेस गुल्मी आक्रमक बिरोधमा देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओलिले जेठ ७ गते राती आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक बसेर ससद बिघटनको लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राति १२ बजे बैठक बसेर १२:५४ मा फिफारिस गरेका थिए । रास्ट्रपति कार्यालयबाट त्यसको १ घण्टामै अनुमोदन गरेको जानकारी गराइएको थियो ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीको लागि बिपक्षी गठबन्धन्ले बहुमत १४९ सदस्यको हस्ताक्षर सहित नेपाली काँग्रेका सभापति शेरबहादुर देउबालाई संबिधानको धारा ७६ को ५ मा भएको ब्याबस्था अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गरेको राती नै संसद बिघटन गर्नु संबिधान बिरोधी काम भएको बताएका छन ।
जेठ ९ गते कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बिज्ञप्ति जारी गर्दै, ओलि आफैले बिघटन गरेको र सर्बोच्च अदालतले पुर्स्थापित गरेको प्रतिनिधि सभामा नैतिक कानुनी र सबैधानिक हिसाबले सत्तामा बस्नु सुहाउदै भनेका छन । श्रेष्ठले प्रधानमन्त्री स्वम् आफुसङ्ग बहुमत नभएको भन्दै दिउस पत्रकार सम्मेलन गर्ने र बिपक्षीले बहुमत सहित दाबी गर्दा फेरि आफुसङ्ग बहुमत छ भन्नू हस्यास्पद र जालझेल पूर्ण कार्य भएको बताएका छन । ससद बिघटनको निर्णयले न्यायलयको समेत अपमान भएको उनले बताए ।
कोभिड-१९ को रोकथाम उपचार र ब्याबस्थापनमा पूर्णरुपमा असफल भएको यो सरकार सत्ता शक्ति सघर्षको असबैधानिक क्रियाकलापमा लिप्त रहनु देश र जनताको लागि दुर्भाग्यको कुरा हो । पटकपटक प्रतिगामी कदम चालेको यो सरकारको बहिर्गमन बाहेक अरु हामीसङ्ग कुनै बिकल्प छैन, सभापति श्रेष्ठले बिज्ञप्तिमा भनेका छ्न । साथै यो सर्बसत्ताबादी सरकारका बिरुद्ध जिल्ला स्थित सबै राजनितिक दल , सघसस्था,नागरिक समाज सबैलाई सरकारको घोर असंबैधानिक कदमका बिरुद्ध एकजुट हुन उनले अपिल गरेका छन ।
साथै गुल्मीमा नेपाली काग्रेस निकट तरुण दल, नेपाल विद्यार्थी सघं र नेपाल महिला सघले सयुक्त बिज्ञपति निकालेका छन । नेपाली जनताले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेको संविधान माथि प्रधानमन्त्री र राष्ट्रपतिबाट पटकपटक धावा बोल्ने काम भैरहेको छ । प्रधानमन्त्रीको प्रतिगमनकारी कार्यका बिरुद्ध सबै एकजुट भै हाम्रो पार्टी नेपाली काग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको रक्षाको लागि राजनीति तथा न्यायिक सघर्ष अगाडि बढाउने निर्णयलाई समर्थन गर्दै आन्दोलनका लागि तयारी रहन गुल्मी जिल्लाका सबै भातृसघं तथा जनसमुदायमा अपिल गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।
जेठ ११ गते जारी गरिएको बिज्ञप्तिमा तरुण दल गुल्मीका सभापती तथा रेसुङ्गा नगरपालिका वडा न.८ का वडा अध्यक्ष भरत भलामी, नेपाल बिद्यार्थी सघंका कार्यबाहक सभापति राम्जी पन्थी र नेपाल महिला संघकि सभापती लक्ष्मी पाण्डेले हस्ताक्षर गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs