११ जेठ
गुल्मी । जिल्लाको धुर्कोट गाउपालिका भित्र तिब्र गतिमा बढिरहेको कोरोना भाइरस नियन्त्रणको लागि धुर्कोट गाउपालिकाले गरिरहेको कार्यहरुलाइ सहयोग गर्दै कोरोना भाइरस परिक्षणको दायरालाइ व्यापक र फराकिलो बनाउन , आवश्यक स्वास्थ्य सामग्री जुटाउन , अक्सिजन अभाव लाई न्यूनीकरण गर्न र सचेतनामुलक कार्यक्रम सन्चालन गर्नको लागि धुर्कोट युवा सन्जालले सन्चालन गरेको धुर्कोट कोभिड व्यवस्थापन आर्थिक अभियान बाट सन्कलित रकम मार्फत आज एक कार्यक्रम बिच धुर्कोट गाउपालिका लाई एक लाख उन्चालिस हजार एकतिस रुपिया बराबरको १५० थान एन्टिजिन किट र १५ थान पिपिइ हस्तान्तरण गरिएको छ।धुर्कोट मा जन्मिएर देश बिदेश मा रहनुभएका युबाहरु ,ब्यापारि ,कर्मचारी र केही जनप्रतिनिधि ले समेत उक्त अभियान मा सहयोग गर्नुभएको थियो । उक्त हस्तान्तरण कार्यक्रम मा गाउपालिका प्रमुख भुपाल पोखरेल,उप प्रमुख शिव ब खत्री,प्रमुख प्रशाशकिय अधिकृत काशीराम पन्थी गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल र अभियान को तर्फबाट पुष्कर खड्का ,कृष्ण के सि,राजन पोखरेल र नारायण जिसि को सहभागीता रहेको थियो। धुर्कोट मा स्थानीय सरकार कोरोना नियन्त्रण लागिरहेको तर स्थानीय सरकारलाई सहयोग गर्नु आफुहरुको दायित्व भएकोले सामाजिक सन्जाल को प्रयोग गरि आर्थिक अभियान सन्चालन गरेको र हालसम्म देश बिदेश मा रहनुभएका ५० जना भन्दा बढी धुर्कोट निवासी ब्यक्तिहरुले करिब एक लाख असी हजार जति सहयोग गर्नुभएको अभियान का अभियान्ता कृष्ण के सि ले बताउनुभयो।यो धुर्कोट का युबाहरुलाइ बिपत मा भावनात्मक रुपमा जोड्न र आफ्नो जन्म ठाँउ प्रती उत्तरदायी बनाउन सफल भएको छ।अभियान ले मुख्य गरि गाउपालिका भित्र का युबाहरु लाई सम्योजन गरि हरेक बिपत्ति र अप्ठ्यारोमा गाउपालिका सङ हातेमालो गर्ने उदेश्य राखेको छ।आफुहरुलाइ यस प्रकारको अभियान सन्चालन गरि सहयोग गरेकोमा अभियानका सम्पुर्ण अभियान्ता ,आर्थिक भौतिक सहयोग गर्ने सहयोगदातालाइ गाउपालिका अध्यक्ष भुपाल पोखरेल ले धन्यवाद प्रदान गर्दै यस्ता सहयोगले आफुहरु लाई थप उत्साह थपिएको बताउनु भयो। साथै उहाले अब प्रतेक वडा बाट एन्टिजिन परिक्षण गर्न सकिने बताउनु भयो।सहयोग गर्ने चाहनुहुने मानुभावहरुले सन राइज बैक को Krishna Bahadur KC/Rajan Pokharelनाममा रहेको
खाता न 0910486398701001रकम जम्मा गर्न सकिने अभियान्ता पुष्कर खड्का ले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs