१४ जेठ
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न. ८ तुराङ्गमा प्राबिधिक शिक्षालय हुने भएको छ । CTEVT बाट मान्यताप्राप्त पूर्ण सरकारी शैक्षिक सस्थाको लागि स्वीकृत भएको हो ।
त्यस शैक्षिक सस्थामा कृषि, भेटेनरी र सिभिल ईन्जिनियरिंगको डिप्लोमा तहको पढाई हुने भएको छ । प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम केन्द्रको मिति २०७७ फाल्गुन २८ गते बसेको १८५ औं बैठकबाट गुल्मीमा एक थप आङ्गिक शिक्षालय स्थापना गर्न सम्भाब्यता अध्यायनको लागि निर्णय भएको र लुम्बिनी प्रदेश कार्यालयबाट सम्भाब्यता अध्यायन गरि मिति २०७८ जेठ १० गते सिफारिस भै आएको हुनाले परिषदका अध्यक्ष शिक्षा मन्त्रीको यहि जेठ ११ गतेको निर्णय अनुसार प्राबिधिक शिक्षालय स्थापना हुने बताइएको छ ।
डिप्लोमा इन कृषि (बाली बिज्ञान ) र डिप्लोमा इन कृषि (पशु बिज्ञान )मा ४० /४० जनाले पढन पाउने छन भने डिप्लोमा इन (सिभिल ईन्जिनियरिङ ) मा ४८ जनाको क्षमता रहेको जनाइएको छ ।
यो शैक्षिक सस्थाको स्थापनाले प्राबिधिक शिक्षाको लागि निकै टाढा धाउनु पर्ने अबस्थाको अन्त्य भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs