१५ जेठ
बुटवल । लगातार तीन दिनदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका ३ सिसुवामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 
सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिएका छन् । लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेयले बताए । chaukos

प्रतिक्रिया

सम्बन्धित खवर