१६ जेठ
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आईतबर जिल्लका चार वटै सुरक्षा निकाय र यहाँका पत्रकार तथा सञ्चारकर्मीहरुलाई कोभिड बिरुद्धका स्वास्थ्य सामग्री वितरण गरेको छ । ति सुरक्षा निकाय र पत्रकार महासंघ मार्फत जिल्लाका सबै पत्रकार तथा सञ्चालकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रदेवि शर्माले कुल ४ हजार ६ सय ५० थान सर्जिकल मास्क, २६ लिटर सेनिटाईजर , ८७ थान फेससिल्ड , पि.पिई गाउन २५ थान र पन्जा ४ प्याकेट वितरण गरेकी हुन्।
nकोराना संक्रमण बिरुद्ध अग्रमोर्चामा लड्दै आउनु भएका सुरक्षा निकाय, पत्रकारहरुलाई प्रशासनले स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्छ भन्ने उद्धेश्यका साथ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई थियो । एक हजार थान मस्क, ६ लिटर सेनिटाईजर, २० थान फेससिल्ड , ८ थान पिपिई गाउन र १ प्याकेट पञ्जा प्रमुख जिल्ला अधिकारीबाट ग्रहण गर्दै सुरक्षा निकायको तर्फबट जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्त्र भट्टराईले प्रशासनलाई धन्यवाद दिए । त्यति नै परिमाणको स्वास्थ्य सामग्री , संग्राम सार्दुल गुल्म–थागीथुम ब्यारेक , सशस्त्र प्रहरी बल नेपाल नम्वर –३७ उर्लेनी ब्यारेक र पत्रकार महासंघ गुल्मीलाई प्रजिअ शर्मामाले हस्तान्तरण गरेकी थिईन ।
त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयका सुरक्षाकर्मीहरुलाई १५ सय थान मास्क, १ लिटर सेनिटाईजर , २ थान पिपिई गाउन र जिल्ला ट्राफि प्रहरीलाई ५ सय थान मास्क, १ लिटर सेनिटाईजर , ५ थान फेससिल्ड र २ थाान पिपिई गाउन हस्तान्तरण गरेकी थिईन । जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको पनि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जिल्ला प्रशासनलाई धन्यवाद दिएका थिए । सञ्चारकर्मीहरु आफु सुरक्षित भएर मात्र अरुलाई सु–सुचित गर्न सक्ने भएकोले सुरक्षित भएर सुचना प्रबाह गर्न सहयायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले आग्रह गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs