१६ जेठ
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित मल्दी गाउँमा एक महिला र उनकै जवान छोरीसङ्ग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् ।
गत जेठ ७ गते स्थानिय बासिले उनिहरुलाई ती महिलाको गोठमा र घरमै थुनेर राखेको साथै दुबैजनालाई आपत्तिजनक अबस्थामा भेटेको भन्दै बाधेर कुटपिट समेत गरेका थिए । कुटपिट गर्ने मध्येका  प्रकाश नेपालीसहित ३ जनलाई पनि नियन्त्रणमा लिई अभद्र ब्यबहारको मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 
आइतबार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई  बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले  जानकारी दिए  । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान नसकिँदासम्म उनीहरु दुई जना  निलम्बित भई घर गएका छन । अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बित  गरिएको छ , डिएसपी पाण्डेले भने ।
​ यदि स्थानियले दाबी गरेझै साच्चिकै राष्ट्रसेवक प्रहरी नै आफ्नो कर्म बिर्सेर, जनताको रक्षकहरुनै भक्षक भएका हुन भने, एकरातको कुकर्मले उनिहरुलाई सधै पश्च्ताप गराउने छ । साथै नागरिकले गर्व गर्ने त्यो सरकारी बर्दीधारी मान्छेको सदाको लागि बर्दी फुकालिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर