१७ जेठ
राजधानी । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।
बैठकमा सहभागि एक मन्त्रीले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गर्यो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs