१८ जेठ
राजधानी । कोभिड-१९ ले विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । ४४ वर्षको उमेरमा थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
‘चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवज्ञा गराउँदछौं ।’
सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारा स्वास्थ्य स्थितिमा परिवर्तन आउन नसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय