१९ जेठ
बुटवल । लुम्बिनी प्रदेशको आठौं अधिबेशनको पहिलो बैठकमा सरकारको बैधानिकताको बारेमा प्रश्न उठेको छ । बैठकमा बोल्दै प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल नैतिकवान ब्याक्ति भएको साथै उहाँले मूल्य मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने ब्याक्ती भएको बताएका छन । मुख्यमन्त्रीलाई कसरी यो रसातलमा पुर्याउने काम भयो र उहाँ कसरी त्यहाँ पुग्नु भो भन्दै आफू आश्चर्यचकित भएको बताएका छन ।
बैठकमा बोल्दै बरालले आफुहरु बिपक्षी गठबन्धनमा प्रस्ट बहुमत रहेको दाबी गरे । उनले ४२ जना प्रदेश सभा सदस्य स-शरिर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुँदा समेत अल्पमतमा रहेका शंकर पोखरेललाई नियुक्ति गरेर संविधान र सघिय गणतन्त्रकै धज्जी उडाइयो भनेका छन ।
बरालले आफुहरु नै प्रदेश प्रमुख र सचिबसङ्ग कुरा गर्दा आज सफथको कुनै कार्यक्रम नै छैन भनिए पनि आफुहरुकै अगाडि प्रदेश प्रमुखलाई बोरामा राखेर मुख्यमन्त्रीको क्वाटरमा लगि सफथ गराइएको आरोप लगाए ।
मुख्यमन्त्री पोखरेल अल्पमतमा भएको हुँदा उहाँले नैतिकताको आधारमा राजिनामा दिएर द्वन्द,अनिश्च्यता र मुठभेठबाट प्रदेशलाई निकास दिनुपर्ने बरालले बताए । यस्तै अबस्था रहे बिपक्षी गठबन्धनले राजनितीक र सम्पूर्ण कानुनी प्रतिबाद गर्ने चेतावनी दिए ।
बरालले प्रधानमन्त्री के पि शर्मा ओलिलाई अमेरिकि पूर्वराष्ट्रपति डोनाल्ट ट्रम्पको शैलिमा अगाडि बढन खोजेको भनेका छन । राष्ट्रपतिलाई समेत कार्यकारी प्रमुखको कारिन्दा जस्तो बनाएको उनको आरोप छ । हजारौ शहिदको रगत र पसिनाबाट प्राप्त गणतन्त्रको सर्बोच्च अङ्ग रास्ट्रपति कार्यालयलाई सरकारले दुरुपयोग र अपमान गरेको बरालले आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर