२० जेठ
गुल्मी । चालू आ.व. २०७७/०७८ सकिनै लाग्दा पनि योजनाका काम अलपत्र परेका छन । वर्षभरी काम नहुने र अन्तिम महिनामा धेरै काम सकिने सरोकारवलालाई बानी नै परेको छ । त्यसैमा पनि पछिल्लो दुई आर्थिक वर्षकै समाप्तीमा कोभिड-१९ को महामारीले थप जटिल बनाएको छ ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा उपभोक्ता समिती मार्फत भएका काममा राम्रै प्रगती भएको छ । उपभोक्ताले गर्ने विकासको काम ८० प्रतिशत सकिएको बताइएको छ । तर ठेकेदार वा निर्माण ब्याबसयिको जिम्मामा भएको काम जम्मा ४० प्रतिशत सकिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी गराएका छन ।
चालू आ.व. को जम्मा एक महिना बाँकी रहदा ५० प्रतिशत विकास बजेट खर्च भएको उनले बताए । २० प्रतिशत कामहरु सम्पन्न हुने चरणमा छन । सबैभन्दा धेरै बजेट बिनियोजन गरिएको सडक तथा पूर्वाधार निर्माणको काम प्रभावित भएको उनको भनाइ छ । के त्यसो भए बजेट फ्रीज हुने अबस्था हो त ? भन्दा बढिमा १० प्रतिशत बजेट फ्रीज हुने सम्भावना रहेको खुल्ला न्यूजलाई जानकारी गराएका छन ।
त्यहाँ मात्र होइन सबैजसो सरकारी योजनाहरु वर्षभरी काम नगरी राख्ने र अन्तिम महिनामा जोरजुलुम गरेर सम्पन्न गर्ने परिपाटी पुरानै हो । देश संघिय संरचनामा गैसको छ, स्थानिय सरकारले योजना कार्यन्वयनमा सोच बदल्नै पर्छ र स्थानिय नागरिकले सहयोग गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय