२० जेठ
माधव ज्ञवाली । जिल्लाको रुरुक्षेत्र ५ टाहाटिममा एकैपटक २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३५ जनाको पिसिआर बिधिबाट चेकजाँच गरिएकोमा २२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बम्घा स्वास्थ्य चौकिका अहेब रोशन न्यौपानेले बताएका छन।
संक्रमितहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको ,स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु होम आइसोलेसनमा रहेको न्यौपानेले जानकारी गराएका छन।
यसैबीच संक्रमण थप बढ्न नदिन त्यस क्षेत्रमा जेठ २६ गतेसम्म शिलबन्दी गरिने भएको छ। साविकको बम्घा गाविस वडा न.५ को आटिपाटा,छम्दी र उल्लिखोला बाहेकका क्षेत्र आज दिउसो १ बजेदेखी २६ गते दिउँसो १ बजेसम्म पुर्ण रुपमा शिल गरिएको गाउँपालिकाले जनाएको छ। यस् बिचमा संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङ गरिने जानकारी पालिकाले दिएको छ।
यो अवधिभर अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरेको छ । उच्च मनोबलका साथ पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न पनि पालिकाले सुचना मार्फत अनुरोध गरेको छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs