नाम : प्रियङका पन्थी
कक्षा : ११

शिर्षक : नारी अपमान
सृष्टिको सम्बाहक भन्छन् नारीलाई
पृथ्वीको जननी भन्छन नारीलाई
तर किन भेदभाव गर्छन नारीलाई
गाली बेइज्जत अनि अपमान गर्छन नारीलाई ।

घांस दाउरा मेलापात नारीले नै गर्छन
पुरुषलाई अाराम दिई महिला भोकै मर्ने गर्छन
सीप क्षमता छ काम गर्ने तर कदर हुदैन यहाँ
सिमित छन हाम्रा महिला काम गर्नु पर्छ जहाँ ।

दशौ महिना कोखमा राखि सन्तान पैदा गर्छन महिला
तर किन अभिभावक पुरुष नै भन्छन पहिला
छोरा जन्मे खुसीयाली भोजभतेर गर्नु पर्ने
छोरी जन्मे सुत्केरी नै महिलाहरू मर्नु पर्ने ।

चुलो चौकोमा जीवन साटि समय ब्यक्त गर्नुपर्ने
पुरुषबाट पाउने दमन जति अरू पनि सहनुपर्ने
छोरालाई अंश तर छोरीलाई अन्त पठाउने किन ?
छोरा काख छोरी पाख यस्तो भेदभाव गर्ने किन ?

सहनुहुन्न दमन यी नारी अब प्रतिकार गर्न सिक
आफ्नो भाग्यरेखा अब आफैले कोर्न सिक
चारकुनामा सिमित नभइ अधिकार लिन सिक
आत्मनिर्भर बन्नलाइ लगनशील बन्न सिक !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय