०१ असार
डि बि खड्का । लगातकारको वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिकाको वडा नम्वर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्कीदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।
घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो ।
साथै वडा नम्वर एकका छत्र बाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथी बाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षेती पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी गराएकी छन ।
उनिहरुलई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय