०१ असार
गुल्मी । लगातारको वर्षातको कारण सडकहरु अबरुद्ध भएको हुँदा यात्रा नगर्न जिल्ला प्रशासन कार्यलय गुल्मीले नागरिकलाई अनुरोध गरेको छ ।
मगलबार कार्यालयले सार्बजनिक रुपमा प्रशासनले अत्यावश्यक काम नपरेसम्म कतैपनी यात्रा नगर्न अनुरोध गरेको हो । कार्यालयले भनेको छ, हाल कालीगण्डकी नदिमा पानीको वहाव वढेकोले अासपासका वस्तीका वासिन्दाहरुले सतर्कता अपनाउनु पर्ने । जिल्लाका विभिन्न स्थानहरू रिडि रुद्रवेणि खण्ड, तम्घास वामी हुदै वुर्तिवाङ सडक, रेसुङगा १३ भंगेरि,छत्रकोटको खर्जाङ रिडि लगायतको स्थानमा पहिरो गई वाटो अवरुद्ध हुन गएकोले अत्यावश्यक नपरि यात्रा नगर्नु हुन र अत्यावश्यक भए जानकारी लिएर मात्र यात्रा गर्नु हुन अनुरोध छ ।




