२ असार
गुल्मी । मेची महाकाली बुहारी संयुक्त अावाज, गुल्मी शाखाले पहिराे प्रभावितलाई १३ त्रिपाल वितरण गरेकाे छ । रेसुङ्गा नगरपालिका -७ वेदुखर्कका १३ परिवारलाई प्रति परिवार १/१ वटाका दरले त्रिपाल वितरण गरिएकाे हाे । लगातार तीनदेखि परेकाे अविरल बर्षाका कारण बुधबार साँझ गएकाे पहिराेबाट वेदुखर्ककाे बस्ती उच्च जाेखिममा छ । जाेखिममा रहेकाे बस्तीमा थप क्षति हुन नदिन संस्थाले २५ हजार बराबरको त्रिपाल सहयाेग गरेकाे काेषाध्यक्ष सीता विकले जानकारी दिइन । संस्थाले यसभन्दा अगाडि पनि संस्थाले मृत्यु भएका एकजना कामदारको परिवारलाई खाध्यान्न सहयाेग गरेकाे थियाे । बाग्लुङ घर भइ हाल तम्घासमा ज्याला मजदुरी गर्ने बाेम बहादुर परियारकाे जेठ २४ गते मृत्यु भएकाे थियाे । अहिले रेसुङ्गा नगरपालिका -२ मा बस्दै अाएका उनकाे परिवारलाई संस्थाले चामल लगायतका खाध्यान्न सहयाेग गरेकाे विश्वकर्माले बताइन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs