३ असार
गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न. ४ शान्तिपूरमा बुधबार एउटा आकस्मिक तरङ्ग पैदा भयो । एकातिर कोरोना महामारी अर्को तिर अबिरल वर्षाको कारण जताततै प्राकृतिक बिपत्ती, त्यही हुनाले पनि होला शान्तिपूरबासी एकपटक फेरि झस्किए । नागरिकहरु सशंकित हुनुपर्ने अरु केही कारण थिएन, एक्कासि हेलिकप्टर आउँदा, त्यस्तो घटना भएको थियो ।
लगातारको वर्षातको कारण सडकहरु अबरुद्ध भएको कारण चन्द्रकोटकै एक बालक गम्भीर घाइते भएको हुनाले अस्पताल पुर्याउनको लागि हेलिकप्टर आएको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ स्थित विशुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको हुनाले बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा पुर्याइएको छ । अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल पुर्याइएको हो । उनको उपचार सुरु भएको बताइएको छ ।
तस्वीर : हुमाकान्त पोखरेल/रासस